भरतपुर – भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले १८५२ मतको अग्रता बनाएकी छन् ।
उनले १० हजार ४४९ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ५९७ मत पाएकी छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत पाएका छन् ।
यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १२ हजार ४९६ मत पाउँदा हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन् ।
हालसम्म भरतपुरमा २८,६४३ मतगणना सकिएको छ ।

