सबैलाई पठाउनु होला

काठमाडौं –    काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह -बालेन)ले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राखेको छ ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई पछी परेकी  छन् ।

आज बिहान पौने आठ बजेसम्मको नतिजा अनुसार सिर्जना सिंहले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् ।

सिर्जना केशव भन्दा ५०१ मत अन्तरले अगाडि परेकी  छिन् । स्वतन्त्र उम्मेदवार बालेन साह कांग्रेसकी सिर्जना सिंहभन्दा १६ हजार ९३४ मतले र एमालेका केशव स्थापित भन्दा १७ हजार ४३५ मत अन्तरले अगाडि रहेका  छन् ।

अब वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ वडाको मतको अन्तिम नतिजा आउन बाँकी नै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com