काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह -बालेन)ले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राखेको छ ।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई पछी परेकी छन् ।
आज बिहान पौने आठ बजेसम्मको नतिजा अनुसार सिर्जना सिंहले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् ।
सिर्जना केशव भन्दा ५०१ मत अन्तरले अगाडि परेकी छिन् । स्वतन्त्र उम्मेदवार बालेन साह कांग्रेसकी सिर्जना सिंहभन्दा १६ हजार ९३४ मतले र एमालेका केशव स्थापित भन्दा १७ हजार ४३५ मत अन्तरले अगाडि रहेका छन् ।
अब वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ वडाको मतको अन्तिम नतिजा आउन बाँकी नै रहेको छ ।

