सबैलाई पठाउनु होला

काठमाडौं –  अर्थ मन्त्रालयले पेट्रोल र डिजेलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । पेट्रोल र डिजेलमा लगाउँदै प्रतिलिटरमा १० /१० रुपैयाँको पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको  छ।

‘अर्थ मन्त्रालयले पूर्वाधार कर हटाएर पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मंगलबार  पठाएका छौं’ मन्त्रालय स्रोतले भन्यो, ‘अब मूल्य समायोजन आपूर्ति मन्त्रालय वा आयल निगमबाट हुनेछ।’ मन्त्रालयले औपचारिक रुपमा निर्णय सार्वजनिक गरेको छैन ।

अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलको मूल्य बढेसँगै भारतले १० रुपैयाँ कर घटाएको थियो। नेपालले पनि केही दिनपछि सोही मात्रामा पेट्रोलको कर घटाउने निर्णय गरे ।

निगमले इन्डियन आयल निगमबाट प्रतिलिटर १ सय १७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा कर लगाएको छ। १ सय ३४ रुपैयाँ ५४ पैसामा खरिद गरिएको डिजेलमा ४५ रुपैयाँ ९१ पैसा सरकारले कर लगाउँछ।

यसका साथै ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, बिमा खर्च, प्राविधिक नोक्सानी, विक्रेता कमिसनका नाममा ३९ रुपैयाँ ८१ रुपैयाँ शुल्क लिने गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com