सबैलाई पठाउनु होला

चितवन –    चितवनको खैरहनीमा भारतीय कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ । कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने २१ वर्षीय विश्वास गुरुङको मृत्यु भएको थियो ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–९ सिमलटाँडीमा बुधबार साँझ भारतीय कारको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको थियो  ।

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डिएक्स ७७३९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो । कार चालकलाइ  प्रहरीको नियन्त्रणमा लिएका   छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com