सबैलाई पठाउनु होला

भैरहवा –   रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको रुपन्देही प्रहरी प्रवक्ता डlएसपी नवरत्न पौडेलले जानकारी दिएका हुन ।

यस्तै ९ जनाको अवस्था भने मध्यम रहेको उनले बताएका छन् । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४:२० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो।

बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए। दुर्घटनामा घाइतेहरुको प्रहरीले उद्धार गरेर भैरहवास्थित भीम अस्पताल, र युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि ल्याएको हो ।

भीम अस्पतालमा ल्याइएका १३ जना घाइतेमध्ये एक महिला र तीन पुरुषको मृत्यु भएको अस्पताललले जानकारी दिएको छ। यस्तै, मेडिकल कलेजमा पुर्याइएका २० जना घाइतेमध्ये ५ जना पुरुषको मृत्यु भएको छ। अन्यको उपचारक्रम  जारी  नै रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com