सबैलाई पठाउनु होला

स्वीजरल्याण्ड स्थित स्टेड डी जेनेभमा सम्पन्न समूह ‘बी’ को यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनले स्वीजरल्याण्डलाई हराएको छ। सो खेलमा स्पेनले घरेलु टोलीमाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।

स्पेनको जितमा पाब्लो साराबियाले निर्याणयक गोल गरे। उनले खेलको १३ औं मिनेटमा मार्कस लोरेन्टको पासमा गोल गरेका थिए।

त्यस्तै गएराति नै सम्पन्न समूह ‘बी’ कै अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई हरायो। पोर्चुगलस्थित स्टेडियो जोस अल्भालेडमा सम्पन्न खेलमा घरेलु टोलीले चेक रिपब्लिकमाथि २-० गोलअन्तरले जित निकालेको हो।

पोर्चुगलको जितमा जोआओ क्यान्सेलोले ३३ औं मिनेटमा र गोन्कालो गुइडेसले ३८ औं मिनेटमा गोल गरे। दुबै गोललाई बर्नान्डो सिल्भाले एसिस्ट गरेका थिए।

यो सँगै समूहको तेस्रो चरण सकिँदै ७ अंक जोडेको पोर्चुगल शीर्षस्थानमा छ भने ५ अंक जोडेको स्पेन दोस्रो स्थानमा, ४ अंक जोडेको चेक रिपब्लिक तेस्रो स्थानमा र अंकबिहीन स्वीजरल्याण्ड तालिकाको पुछारमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com