बागलुङ ढोरपाटन नगरपालिका–२, खल्टुबोटमा अन्दाजी ३५ वर्षीय पुरुषको शव गाडिएको अवस्थामा फेला परेको छ ।
खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।
शवको पहिचान भएको छैन । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । शव गलेको अवस्थामा फेला परेको छ । कसैले हत्या गरेर गाडेको हुनसक्ने स्थानीयवासीको अनुमान रहेको छ ।

