सबैलाई पठाउनु होला

ललितपुर –  महानगरपालिकाले सडकका घाइते जनावरलाई अस्पतालसम्म पुर्‍याउन बुधबारबाट एम्बुलेन्स सेवा सुरू गरेको छ।

जनावर अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज् केयरसँगको सहकार्यमा महानगरले एम्बुलेन्स सेवा सुरू गरेको हो। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरमा आयोजित एक कार्यक्रमबीच एम्बुलेन्सको साँचो स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

महानगर प्रमुख महर्जनले विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पुर्‍याउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो एम्बुलेन्स सेवा सुरू गरेको जानकारी दिएका छन् ।

उनले भने, ‘हामी जनावरको अधिकारप्रति संवेदनशील छौं, सडक पेटीमा भेटिने बिरामी जनावर बोक्न निकै गाह्रो हुँदोरहेछ, त्यसैले व्यवस्था गरेको हौं’ । स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठले बिरामी जनावर बोक्न अब सजिलो हुने बताइन्।

‘बिरामी गाईलाई बोक्न निकै अप्ठ्यारो भएको थियो, अब सजिलो हुन्छ’, उनले भनिन्। जनावरको अधिकारप्रति संवेदनशील भएकोमा महानगरलाई धन्यवाद दिइन्।

ललितपुर महानगरपालिकाले कोरोनाका कारण लकडाउन भएका बेला सामुदायिक कुकुर, परेवा, वाँदरलगायतका जनावरलाई सडक, गल्ली चोकमा पुगेर खानेकुरा खुवाउने व्यवस्था गरेको थियो।

महानगरका अनुसार उक्त एम्बुलेन्स ४० लाखमा खरिद गरिएको थियो। यसको सबै अपरेसन खर्च स्नेहाजले व्यहोर्नुपर्नेछ। वार्षिक कर र बिमा भने महानगरले व्यहोर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com