सबैलाई पठाउनु होला

काठमाडौं –   नेकपा एकीकृत समाजवादीका मन्त्रीविरुद्ध उनकै भातृसंगठनले विरोध गर्ने थाले । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पार्टीले मन्त्रीबाट फिर्ता बोलाउन खोज्दा अवज्ञा गरेको भन्दै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीप्रति आक्रोश व्यक्त गरेका छन् ।

केपी ओलीविरुद्धको आन्दोलनमा झाँक्रीले मुखमा टेप लगाएर विरोधप्रति संकेत गर्दै पराजुलीले गरेको मुखमा लगाएको टेप खोलिखोलि  स्टन्ड मारे गरेको भाषण केवल ख्रोको आर्दशबाहेक के हुन सक्छ भन्दै प्रश्न गरे ।

उनले मन्त्रीबाहेक पनि जिवन जगत छ भन्ने बुझ्न आग्नह गरेका छन्। ‘अनि हिजो  मुखमा लगाएको टेप खोलि खोलि स्टन्ड मारि मारि गरेको भाषण त केवल ख्रोको आदर्शबाहेक के हुन सक्छ त कमरेड । मन्त्री बाहेक पनि जिवन जगत छ भन्ने बुझ्ने हो कि ?’

उनले लेखेका छन्, ‘एकथान मन्त्री त तपाईले हिजो बोकेको मूल्य मान्यता रहे बाँचेमा कति हो कति, धेरै पटक मन्त्री,त्योभन्दा माथि प्रधानमन्त्री बन्ने अवसर नै आउँछ ।’

उनले मन्त्री भएपछि गर्ने भनेको माफिया दलालको सेटिङमा काम गर्ने कमाउनेबाहेक अरु नसोच्ने उद्देश्य भएकाहरुबाट क्रान्ति समाजवाद भन्ने कल्पना मात्र भएको बताएका छन्। एकीकृत समाजवादीको पार्टीका मन्त्री हेरफेर गर्ने निर्णय भएपनि कार्यान्वयन नहुँदा पार्टी भित्र पक्ष विपक्षमा बहस चलिरहेको छ।

एकीकृत समाजवादीका चारै जना मन्त्रीले बुधबार नेपाललाई भेटेर आफूहरूलाई नहटाउन दबाब दिएका छन् । मन्त्री झाँक्रीले त नेपालको ‘अपमान’ हुने गरी धारणा राखेकी थिइन्। झाँक्रीले ‘राम्रो काम गर्दागर्दै पनि मलाई हटाउने हो भने मेरा लागि पार्टी अध्यक्ष मरेतुल्य हो’, भनेर आक्रोश पोखेकी थिइन्।

एकीकृत समाजवादीले ६ महिनाका लागि भन्दै असोज २२ गते ५ जना मन्त्री बनाएको थियो। तर, ८ महिनापछि मन्त्री परिवर्तन खोज्दा पनि पार्टीमा रडाको मच्चिएको छ।

पार्टीले मन्त्री फेर्ने निर्णय गरेपछि एकीकृत समाजवादीका मन्त्रीहरू प्रधानमन्त्री देउवादेखि माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई गुहार्न थालेका छन्। पर्यटनमन्त्री आलेले बुधबार मात्रै प्रचण्डसँग भेट गरी पार्टीले मन्त्री फेरे ‘१३ जना सांसदसहित विद्रोह गर्ने’ बताएका थिए।

आलेले यसअघि पनि प्रचण्डलाई भेटेर आफूहरूलाई मन्त्रीबाट नहटाउनका लागि नेपालसँग कुराकानी गरिदिन आग्रह गरेका थिए। आलेले मन्त्रीबाट हटाइए पार्टी फुटाउने चेतावनी प्रधानमन्त्री देउवालाई पनि दिएको उच्च स्रोत बताउँछ।

एकीकृत समाजवादीको जेठ २२ गते बसेको सचिवालय बैठकले पार्टीका मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो। त्यही दिन नयाँ मन्त्रीको नाम प्रधानमन्त्री देउवालाई बुझाएका थिए। पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विनोध खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने बढुवा गरी मन्त्री बनाउने निर्णय गरेको थियो। यस्तै, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन उसले प्रधानमन्त्रीलाई सिफारिस गरे ।

तर, १८ दिन बित्दा पनि कार्यान्वयन नभएपछि नेपाल रुष्ट छन्। मन्त्री हेरफेर नहुँदा उनी पार्टीभित्र दोहोरो चेपुवामा परेका छन्। एकातिर आफूलाई नहटाउन मन्त्रीहरूको ‘धम्की’ छ। अर्कोतिर पार्टीको निर्णय कार्यान्वयन गराउनुपर्ने ‘दबाब’  रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com