असार २२, गोरखाको सिरानचोक गाउँपालिका ४ राम्चेमा यात्रुबाहक बस दुर्घटना भएको छ । नारायणगढबाट अजिरकोट गाउँपालिकाको भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको यात्रुबाहक बस बुधवार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा परी २० जना घाईते भएका छन् । पाँच जनाको चितवन र १५ जना घाईतेको गोरखा नगरपालिका १० छेपेटार स्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।
- गुडिरहेको बस सडकमा पल्टिँदा सबै यात्रु घाईते भएका हुन् । दुर्घटनाको हुनुको कारण भने खुलेको छैन ।

