सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत दैलेखको गुराँस गाउँपालिका स्थित गाईबान्नामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ७ जना गम्भीर घाइते भएको अध्यक्ष खेमराज वलीले जानकारी दिए ।
दुर्घटना भएको सूचनाका आधारमा उद्दारका लागि प्रहरी टोली दुर्घटना स्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

