सबैलाई पठाउनु होला

नेपाल –  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का राष्ट्रिय निर्देशक डा रिचार्ड हवार्डबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री कुँवरले श्रमिकको उचित न्याय र स्वदेशमै रोजगारी सिर्जनाका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी गराउनुभएको हो  ।

आइएलओले नेपालको श्रम क्षेत्रलाई व्यवस्थित बनाउन र सामाजिक सुरक्षासम्बन्धी योजनामा गरिरहेको सहयोका लागि धन्यवाद दिँदै उहाँले आगामी दिनमा सहकार्यलाई निरन्तार दिन आग्रह गर्नुभएको हो  ।

भेटमा राष्ट्रिय निर्देशक डा हवार्डले श्रमिकको सुरक्षा, न्याय र रोजगारी वृद्धिका लागि नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयले जनाए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com