सबैलाई पठाउनु होला

कैलाली –    कैलालीमा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरमा गए राति सुपप्र ०१–००९ प ७८९१ र से७प ११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा से७प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाए  ।सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा सुपप्र ०१–००९ प ७८९१ नम्बर मोटरसाइकलका चालक गौरीगङ्गा–९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी पनि घाइते भएका हुन  । चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जनकारी दिनुभएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com