सबैलाई पठाउनु होला

 जुम्ला  –   स्वास्थ्य बीमा बोर्ड जुम्ला र जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा कार्डको अनुगमन गरे  । प्रतिष्ठानमा अर्काको नाममा रहेको बीमा कार्ड प्रयोग गर्नेको सङ्ख्या बढेको जनगुनासो आएपछि अनुगमन गरेको स्वास्थ्य बीमा बोर्ड जुम्लाका जिल्ला संयोजक कमल रावतले जानकारी दिनुभएको छ  ।

‘प्रतिष्ठानको अनुगमनमा भर्ना भएका ९० प्रतिशत बिरामीले स्वास्थ्य बीमा कार्ड अनधिकृत रूपमा प्रयोग गरेको पाइएको छ ‘, उहाँले भन्नुभएको छ ।  पहिलो पटक अनुगमन भएकोले धेरैलाई सचेतसमेत गराइएको स्वास्थ्य बीमा बोर्ड जुम्लाका संयोजक रावतले जानकारी दिनुभएको छ  ।

अर्काको नाममा प्रयोग भएका बीमा कार्डसमेत जफत भएको स्वास्थ्य बीमा बोर्ड जुम्लाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल र सुरक्षा निकायलगायत स्वास्थ्य बीमा बोर्डका कर्मचारीको सहभागितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन भएको थियो ।

जिल्लाभर करिब ६० हजार बढीले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्ड जुम्लाले जनाए  । जिल्लाका कतिपय स्थानीय तहले पालिकाभित्रका गरीब, एकल महिला र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा निःशुल्क जस्ता कार्यक्रम लागू गरे  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com