हुम्ला – हुम्लामा फुटबल सिक्दै आएका खेलाडीलाई खेल सामग्री सहयोग गरिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–४ का रमेश महर्जनले फुटबल खेलाडीलाई खेल सामग्री सहयोग गर्नुभएका छन ।
महर्जनले हुम्ला आएर खेल सामग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले २१ खेलाडीलाई जर्सी, १७ थान फुटबल, ११ थान प्याड र प्रशिक्षणका लागि चाहिने चारवटा पोल सहयोग गर्नुभएको हुम्ला फुटबल ऐकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिनुभएको थियो ।
सिमकोट तल्लो बजारस्थित सिमसार क्षेत्रको धुलाम्मे मैदानमा खेलाडी विनाजर्सी अभ्यास गर्दैआएका थिए । यस्तै गोल नेपालले उपलब्ध गराएको फुटबल सामग्री पनि खेलाडीलाई वितरण गरिएको हो ।
हाल जिल्लाका १३ वर्षभन्दा कम उमेरका खेलाडीले फुटबल प्रशिक्षण लिइरहेका छन् । हुम्ला फुटबल एकेडेमीले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गरेको थिए ।

