सबैलाई पठाउनु होला

नेपाल –    नेपालमा मुद्रणसँग सम्बन्धित उद्योगमा दक्ष जनशक्तिको अभाव भएको भन्दै यो विषयलाई नेपाली पाठ्यक्रममा समावेश गरेर जनशक्ति उत्पादन गर्नुपर्ने यससम्बन्धी उद्योगीको माग रहेको छ ।

यहाँका धेरै उद्योगमा प्राविधिक काम गर्ने अधिकांश जनशक्ति भारतीय रहेका छन् ।नेपाल मुद्रण उद्योग महासङघका अध्यक्ष खोमकान्त रेग्मीले ठूलो जनशक्तिको माग हुने मुद्रण उद्योगमा प्राविधिक जनशक्ति स्वदेशी निकै कम रहेको बताउनुभएको छ  ।

उहाँको भनाइमा देशका चार हजार उद्योगमा एक लाख जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यतिनै सङ्ख्यामा अप्रत्यक्ष रोजगार पाउनेहरु रहेका छन् ।यस क्षेत्रमा रु ८५ अर्ब भन्दा बढी लगानी छ । उहाँले कक्षा ९ देखिनै प्राविधिक जनशक्ति उत्पादन गर्न सक्ने गरी पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउनुभएको छ  ।

उच्च शिक्षा अध्ययनसँगै स्वदेशमानै रोजगारी पाउने गरी मुद्रण क्षेत्रमा उपयोगी शिक्षा दिन महासङ्घको माग रहेको रेग्मी बताउनुहुन्छ । विदेशमा यससँग सम्बन्धित पढाइका लागि विश्वविद्यालयनै स्थापना गरिएको भन्दै उहाँले पहिलो चरणमा पाठ्यक्रम हुँदै उच्च शिक्षा पढाउने कलेज खोल्नुपर्ने बताउनुभएको छ  ।

नेपालका छापाखानामा बाहिरबाट आएका कतिपय प्राविधिक जनशक्तिले मासिक रु तीन लाख भन्दा बढी पारिश्रमिक पाउने गरेका छन् । स्वदेशमा यस्ता जनशक्ति नहुँदा ठूलो रकम बाहिर जाने गरेको छ । उहाँले भन्नुभयो ‘सरकारले पढाइदिए ठूलो रकम यहाँ रोकिन्छ । स्वदेशीले रोजगार पाउँछन् ।’

नेपालका उद्योगमा धेरै तलब खाने प्राविधिक जनशक्ति आधा भन्दा बढी भारतीय छन् । कतिपय नेपाली विद्यार्थीलाई मुद्रण उद्योगले विदेशी क्याम्पसमा पढ्न पठाएका छन् । अमेरीका, युरोप लगायतका देशमा अनुभव हासिल गरेर स्वदेश फर्किएर उद्योग चलाउने पनि छन् ।

सेक्युरिटी प्रिन्टिङ्को काम सरकारले गरेर निजी क्षेत्रलाई पुस्तक छाप्ने जिम्मेवारी दिएमा बाहिरीने ठूलो रकम जोगिने अध्यक्ष रेग्मीको तर्क रहेको  छ । हाल सरकारले कक्षा १ देखि तीन सम्मको मात्र पुस्तक छपाइका लागि निजी छापाखानालाई जिम्मेवारी दिँदै आएको हो  ।

पहिले पहिले कक्षा ८ सम्मको पुस्तक छाप्न निजी क्षेत्रलाई दिने गरिएको थियो । छपाइका सबै काम नेपालमानै गर्न सकेमा अबौँं रुपैँया स्वदेशमा बस्ने र समयमानै विद्यार्थीले पुस्तक पाउने रेग्मी बताउनुहुन्छ । पाठ्यपुस्तक छाप्नका लागि यहाँका उद्योगीले ठूला मेसिन भित्र्याएका हुन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com