झापाको मेचीनगरमा सवारी दुर्घटना भएको छ । साइकल यात्रीलाई सोमबार विहान करिव ९ः३० बजे भारतीय ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
डेरी उद्योगबाट दहि लिएर राजमार्ग क्रस गर्दै गरेका ३२ वर्षी मनोज मेचेलाई पश्चिमबाट आउदै गरेको डब्लु वि ७३ वी ३३२४ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
उनलाई उपचारको लागि तत्काल बिर्तामोड स्थित बीएण्डसी अस्पताल लगिएको हो । उनको उपचारको क्रममा १०ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।
डिएसपी थापाका अनुसार अहिले ट्रक इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको र चालक भने फरार रहेको जानकारी दिएका छन् ।

