सबैलाई पठाउनु होला

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा  कार्यलय भित्रनै कुटाकुट भएको छ। राप्रपाका नेता तथापूर्वएआईजी समेत रहेका ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै आक्रमण भएको हो।

आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता श्रेष्ठमाथि कुटपिट भएको बैठकमा सहभागी एक नेतालेजानकारी दिए। खाना खाने समय भएको भन्दै बैठक स्थगित गरेको समयमा नेता श्रेष्ठमाथि आक्रमण भएको थियो।

अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्ष बाहिर  भग्दै गरेको अबस्थामा श्रेष्ठमाथि आक्रमण भएको थियो। बैठकमा नेता श्रेष्ठले अर्कानेता विक्रम पाण्डेलाई भ्रष्टाचारी भएको आरोप समेत लगाएका थिए। त्यसपछि दुई पक्षबीच भनाभन समेत भएको थियो। बैठकस्थगित भएर बाहिर निस्कँदै गर्दा नेता श्रेष्ठमाथि आक्रमण भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com