नेपालमा घुस लिने चलन कर्मचारीको एउटा पेसा नै जस्तै भएको छ ।आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
सेवाको नाममा घुस लिने प्रचल खासै नौलो भने होइन हरेक कार्यालयमा लिने दिने गरिन्छ, कर्मचारिहरुको एउटा आदत नै छ घुस नखाए भात नाखाय जस्तो हुने ।
जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार रकम लिँदै गरेको अवस्थामा मालपोत कार्यालयका नायव सुब्बा नरहरी खनाललाई अख्तियारले नियन्त्रणमा लिएको हो।
तौलिहवास्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

