सबैलाई पठाउनु होला

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । मङ्गलवार पनि बहस नसकिएपछि यो मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो ।

मङ्गलवार दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेका थिए । आज  रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com