सबैलाई पठाउनु होला
देशमा सबैभन्दा भ्रस्ट रबि हो भन्ने पर्न यतिखेर कांग्रेस, एमाले, र रविको भाशामा १२ भाइ लागि परेका छन् । देश किन बनेन ? रविले गर्दा बनेन भन्न पनि भन्न पनि थाली सके । देशकै सबै शक्ति लागेर रबि सक्ने दाउ पेचमा लागेकाहरु जुन सुकै हालतमा रविलाई सक्ने दाउमा छन् ।
हिजो संचार माध्यामबाट जनताका समस्याका आवाज बुलन्द उठायाका कारण जनताका मनमा बस्न सफल भय, जनताको भावनालाई बुझ्दै राजनीतिक बाट अझ थप काम गर्न सकिन्छ भन्ने ठान्दै २०७९ असारमा राष्ट्रीय स्वतन्त्र पार्टी स्थापना गरे असारमा स्थापना गरेको पार्टीले २०७९ मंसिरको प्रतिनिधि सभाको चुनाबमा चौथो दल बन्दै २० जना साम्सद सहित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आयको छ । त्यस पछी रबिको खेदो खन्न खनियाको सत्य हो
राष्ट्रीय स्वतन्त्र पार्टी सभापति रबि लामिछाने भनाइ जस्ताको त्यस्तै 
हिजो राती दिएको बयान हिजै कान्तिपुरले पाइसकेछ। आजै छापीपनि सकेछ। बयान पनि कस्तो ठ्याक्कै कान्तिपुरलाई चाहिएको जस्तै फेरि? संसदीय समितिमा छविलाल जोशीका बयानको मसि सुकेको छैन। महिना दिन अघिका ताजा बयान लिखित रुपमा सार्वजनिक छन्। कान्तिपुरको नियत बारे त मैले फेरि भनिराख्नु परेन। गलत लेख्ने फेरि माफी माग्ने, फेरि अफवाह लेख्ने , फेरि माफी माग्ने।
मलाई कसरी फसाउन सकिन्छ भनेर रचिदै गरेको षड्यन्त्र बारे कान्तिपुरले आज Question Out गरेछ, सुचना चुहाएर हाम्रो आशंकालाई सहि सावित गराएछ। जसरी खोया काण्डमा पहिले नै समाचार लेखियो र पछि माफी पनि मागियो। सहकारी ठगीमा संलग्न नभएको मान्छे सहकारी ठगीमा प्रतिवादी कसरी हुन्छ? पत्रीकाको First पेज देखि Last पेज सम्म रवि रवि रवि लेखेर हुने हो र? यस्तो घिन लाग्दो मिडिया ट्रायल कान्तिपुरले गर्नु नौलो कुरा होइन। एउटै समाचारले मान्छेको करियर सक्काउन सक्छु भन्ने घमण्डले चुर कान्तिपुरले आफ्नो पुरै शक्ति र सम्पत्ति मेरा विरुद्ध लगाउछु भनेको जानकारी मलाई छ।न्याय र सत्य पनि किन्छु भन्दा आज कहाँ पुग्यो कान्तिपुर। इतिहासमा लोकतन्त्रको पक्षमा सबैभन्दा धेरै लेख्ने मिडिया कान्तिपुर भन्थे तर आजको मितिमा सबै भन्दा बढि अफवाह फैलाउने र माफी माग्ने मिडिया कान्तिपुर प्रमाणित भएको छ। उसले लाज पचाएर माफि नमागेका समाचार त कति छ्न् कति। म त सामान्य संचारकर्मी बाट देशको उपप्रधानमन्त्री मन्त्री र २१ सांसद सहित चैथो दलको नेता सम्म भैसकें। एउटा आम मान्छेका लागि यो आफैमा गौरव हो। म यहि मोडमा हारें भनेपनि त्यति तल झर्दिन जति तल आज त्यत्रो गौरव बोकेको कान्तिपुर झरिसक्यो। मेरो लडाइ त बाँकी छ, तर त्यो कान्तिपुर सँगै होइन।
अब सरकारले जवाफ दिनुपर्छ, कान्तिपुरलाई खुसी नपारी बाँच्न नपाइने हो? तिम्रो मालिक कान्तिपुर होला मेरा मालिक जनता हुन्। समिति, प्रहरी, अदालत भन्दा कान्तिपुर ठुलो हो भने ठिक छ। म कान्तिपुरसँग कुरा गर्न आउँछु। आफ्ना भए भरका पत्रकार र प्रश्न ठिक पारेर राख्नु। सारा जनताले हेर्ने गरी तिम्रो प्राङ्गणमा वा सार्वजनिक स्थानमा LIVE गर्ने व्यवस्था गर्नु। परेको जिम्मा सरकारले र कान्तिपुरले लियोस्। यो अत्याचार विरुद्ध म लड्छु।
यदि यसो होइन भने, सरकारले तुरुन्तै आज कान्तिपुरमा प्रकाशित समाचारको खण्डन गरोस् र भ्रम छर्ने कान्तिपुरलाई तुरुन्तै कारबाहीको दायरामा ल्याओस्। अब कान्तिपुरले मागेको माफीले मात्रै पुग्दैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com