सबैलाई पठाउनु होला

गोरखा। स्वास्थ्यको लागि खेल राष्ट्रको लागि खेल भन्ने मूल नाराका साथ प्रगतिशील युवा नेपालले यही आगामी वैशाख २९ गते बुद्ध जयन्तीको अवसर पारी ऐतिहासिक गोर्खा जिल्लामा प्रथम गोरखा कप राष्ट्रिय पुरुष खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको छ।
गोरखाको खेल क्षेत्रलाई थप उचाइमा पुर्याउन गोरखाका सबै खेलहरूमा राष्ट्रको प्रतिनिधित्व गर्ने उद्देश्य र गोर्खा जिल्लालाई पर्यटन प्रवर्द्धन मा टियापुराउने लक्ष्यका साथ हामीले प्रथम गोर्खा कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेका हौँ।

यस प्रगतिशील युवा नेपालले विगतका दिनदेखि खेलकुद गतिविधिहरू समाजसेवा जस्ता कार्यहरु गर्दै आएका छौं। युवा पुस्तालाई उद्यमशीलता रोजगार खेलकुद सँग जोड्दै एकताबद्ध बनाउने लक्ष्य लिएका छौं।

स्वास्थ्य प्रवर्द्धन, खेलकुदले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य राख्न सहयोग पुर्याउँछ। नियमित व्यायाम प्रतिस्पर्धाले फिटनेस र स्वत स्फुर्त बनाउन मद्दत गर्दछु।

खेलकुदले सामाजिक एकता आपसी मेलमिलाप मा टेवा पुर्याउने काम पनि गर्दछ। निरन्तर कुत आयोजनाले विभिन्न जात भाषा, धर्मका मानिसहरूलाई एउटै मञ्चमा उभ्याउन मद्दत पुर्‍याउँदछ। जसले सामाजिक सद्भाव सहिष्णुता बढाउँछ।

विभिन्न खेलकुद गतिविधि ले युवा सशक्तिकरण र युवालाई जागरुक बनाउँछु। युवाहरुलाई खेलकुद मार्फत अनुशासित नेतृत्व टिमवर्क र आत्मविश्वास बनाउन मद्दत गर्दछ। यसले उनीहरूको समग्र व्यक्तित्वको विकास मा थप ऊर्जाशील बनाउँछ।

खेलकुद क्षेत्र राष्ट्रको लागि महत्वपूर्ण क्षेत्र मानिन्छ। राष्ट्रको पहिचान र गौरव बोकेको हुन्छ। अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता र जितले राष्ट्रको गौरवलाई थप उचाइमा पुर्याउँछ। खेलकुदले देशको पहिचान र सम्मान अन्तर्राष्ट्रिय स्तरमा फैलाउने काम पनि गर्दछ।

खेलकुद क्षेत्र एउटा यस्तो क्षेत्र हो यसले राष्ट्रको लागि आर्थिक विकासमा पनि ठुलै टेवा पुर्याउने गर्दछ। विभिन्न ठूला खेलकुद आयोजनाले पर्यटन व्यापार होटेल यातायात आदि क्षेत्रमा आर्थिक गतिविधि बढाउने मुख्य काम गर्दछ साथसाथै यसले रोजगार र आम्दानी पनि सिर्जना गर्दछ।

नेपालमा खेलकुद क्षेत्रले सोचेजति प्रगति उन्नति विकास गर्न सकिरहेको छैन। नेपालले सबै खेल क्षेत्रलाई विश्वमाझ चिनाउन हामीले ठुलै सङ्घर्ष गर्नपर्ने पनि देखिन्छ।
नेपालको खेल क्षेत्रलाई स्थानमा पुर्‍याउन अन्तर्राष्ट्रिय स्तरमा भाग लिन सरकारी गैरसरकारी संघ संस्था व्यवसाय खेलप्रेमी सबैको हातेमालो र साथ सहयोगको अपरिहार्य छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com