
काठमाडौँ। संघीय लोकतान्त्रिक गणतन्त्र पश्चात प्रचण्ड सत्ता शक्तिसँग टाढा बस्न नसक्ने पात्रको रुपमा राजनीतिक विश्लेषकहरु बताउँछन्।
जनतामा जाँदा स्थिर सरकारको कुरा गर्दै हिँड्ने प्रचण्ड सरकारलाई अस्थिरता ल्याउन मुख्य कारकको रूपमा उनकै नाम आउने गर्दछ।
जब प्रचण्ड सत्ताबाट बाहिरिन्छन् उनको छटपटाहा उनको कुण्ठ आत्तिएको परिस्थिति देख्न सकिन्छ।
सरकार डरले रुजेको बिरालो भएको छ भन्ने अभिव्यक्तिप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ ।
प्रचण्डजी तपाई के वोल्दै हुनुहुन्छ ?
यी तथ्यहरुले तपाईको वोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छः
तपाई प्रधानमन्त्री हुदाको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको छ ।
विदेशी मुद्राको संचिति वढेको छ ।
सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ ।
निर्माण व्यावसायिलाई काम वापतको तपाईको नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ ।
निर्माण ठप्प रहेका ठुला आयोजनाहरुको काममा तिव्रता आएको छ । जस्तो पोखरा -मुग्लिन सडक, गैडाकोट- वुटवल सडक आदी ।
भुकम्प र वाढि पिडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ ।
वैंकको तरलता वृद्धि भएको छ । व्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ ।
कानून निर्माणको कामले तिव्रता पाएको छ ।
कानूनी सुधारको प्रकृयावाट लगानी योग्य वातावरण तयार भएको छ ।
क़ानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ ।
भूमि समस्याको समाधानको प्रकृया अघि वढेको छ ।
सरकारको स्थायित्वको आधार तयार भएको छ ।
उपरोक्त कारणले नै तपाईको पीडा र छटपटी वढेको देखिन्छ । होइन र ?