
यातायात कार्यालय जनतालाई सबैभन्दा धेरै सेवा दिन पर्ने क्षेत्र हो। तर सेवा नभएर झन्झट दुःख व्यहोर्न परेको आम नागरिकको गुनासो छ। सेवा लिन जाने नागरिकहरूले दिनहुँजसो लापरवाही, ढिलासुस्ती र अव्यवस्थित प्रणालीको सामना गर्नु परिरहेको छ। सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता तथा नवीकरण जस्ता नियमित सेवामा समेत अनावश्यक झन्झट, दिनभरिजसो लाइन र अपारदर्शी प्रक्रिया देखिँदै आएको र नागरिकहरूले असहज र दुःख झेल्न परेको गुनासो आउने गरेको छ।
धेरै नागरिकहरूले सेवा पाउनका लागि बिहानैदेखि लाइन बस्नु पर्छ, तर कर्मचारीहरूको ढिला उपस्थिति, सिस्टम डाउन हुने समस्या, र जानकारीको अभावको भूमिका कारण सेवा प्रवाहमा ढिलासुस्ती हुँदा ग्राहीहरू आफ्नो काम माया मारेर दिनभर यातायात कार्यालय बिताउनुपर्ने गुनासो आम सेवाग्राहीको छ। धेरैजसो परिस्थितिमा बिचौलियाको चलखेलका कारण सचेत नागरिकहरू विभेदपूर्ण व्यवहारको शिकार हुने गरेका छन्।
सवारी चालक अनुमति पत्र लिन झन् अत्यन्तै झन्झट असहज तनाव र दुःख व्यहोर्न पर्ने सवारीचालक अनुमति पत्र लिनेहरूको गुनासो छ। यसैमाथि चालक अनुमतिपत्र सम्पूर्ण परीक्षा पास भई पश्चात लाइसेन्स आउन ढिला सुस्ती र धेरैजसोको कर्मचारीको लापरवाहीले त्रुटिपूर्ण रहेको र आफ्नो विवरण सच्याउन पनि थप झन्झट रहेको जनगुनासो र सेवाग्राहीको गुनासो छ।
यातायात कार्यालयको मिलोमतोमा नक्कली लाइसेन्स वितरण गरेको कुराले झन् आम नागरिकलाई ससंकित बनाएको छ।
छिटो सेवा प्रवाहको अधिकार खोज्नु नागरिकको अधिकार हो। त्यहाँ भएको व्यथितिको विषयमा नपाउने अधिकार नागरिकसँग छ। कतिपय कर्मचारीहरू त जानीबुझिकन ढिलासुस्ती गर्ने गरेको पनि देखिन्छ।
सवारीचालक अनुमतिपत्रको लागि सम्पूर्ण परीक्षा पास गरेपश्चात लाइसेन्स प्राप्त गर्न तीन वर्षसम्म कुर्नपर्ने यो झन्झटिलो समस्या बाट आम नागरिकहरू वाक्क दिक्क भइरहेका छन्।
यसले सरकारी सेवा प्रणालीप्रति जनताको विश्वास कमजोर बनाएको छ। सुधारका लागि पारदर्शिता, डिजिटल सेवा प्रवाहको मजबुतीकरण र कर्मचारीको उत्तरदायित्वलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने देखिन्छ।
थप गुनासो भए हामीलाई सम्पर्क गर्नुहोला।