
नेपाल घुम्न आएका बङ्गलादेशी नागरिकहरुलाई सस्तोमा काठमाडौँ घुमाइदिने आश्वासनमा पारी जिल्ला ललितपुर महानगरपालिकाका १५ स्थित एक घरमा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिई पीडितहरूको साथमा रहेको नगद मोबाइल लिने तथा निजी पीडितहरूक आफन्तलाई whatsapp मार्फत फिरौती रकम माग गर्ने गरेको भनी प्राप्त भएको निवेदनको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न निम्न भारतीय नागरिकहरूलाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिई सम्मानित काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।