अपराधिक गतिविधि बढिरहेको बेला नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो ले अपराधिक गतिविधिलाई न्यूनीकरण गर्न सक्रिय रूपमा लागिरहेको छ।
जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वार्ड नं २ बाल्कोट घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वार्ड नं ५ कमेरोटार बस्ने वर्ष ४१ को अनिल थापाले आफू सीआइबीको डीएसपी हुँ। भन्दै जबरजस्तीकरणी मुद्दा मिलाइदिन्छु भने रु ८ लाख ४० हजार रकम ठगी गरेको भन्ने गोप्य सूचनाको आधारमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो बाट खटिएको विशेष टोलीले खोज तलास गर्ने क्रममा निजलाई लुकीछिपी बसेको अवस्थामा २०८२/०२/१३ गते मध्यपुर ठिमी नगरपालिका वडा नं ५ कमेरोटार टोलबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिएको छ।

