काठमाडौं । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् ।
लागू औषध कारोबारीले प्रहरीले नियन्त्रण लिन
खोज्दा रड तथा हातहतियार प्रयोग गरी प्रहरीलाई नै हान्न खोजेको परिस्थितिमा प्रहरीले गोली चलाएको भन्ने बुझिएको छ।
प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।
नेपाल प्रहरीका एसएसपी कृष्ण कोइरालाका अनुसार घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् ।

