सबैलाई पठाउनु होला

लोकप्रियतावाद र वंशवाद : भ्रमका दुई पाटा पूर्वमन्त्री महेश बस्नेत

नेपालको राजनीतिमा दुईजना “नयाँ अनुहार” चर्चामा छन्—एक, देशको झण्डा बोकेर अदालत हल्लाउने रवि लामिछाने; अर्का, महानगरको कुर्सीमा बसेर समाज हल्लाउने बालेन शाह। तर यी दुवै पात्र समस्याको समाधान होइनन् , समस्याका नयाँ संस्करण हुन्।

रविको लोकप्रियतावाद होस् या बालेनको अराजकतावाद दुवैले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने काम मात्र गरेका छन्। एक जना ‘ बिधि नाघ्ने’ प्रयास गर्छन्, अर्का ‘अधिकार नाघ्ने’ विडम्बना यिनलाई साथ दिनेहरू पार नलाग्ने भएपछि अब स्रुरु भएको छ नयँ भाष्य? “राजा आऊ, देश बचाऊ।”

नेपालको प्रगति अवरुद्ध बनाउने मुख्य खेल यथार्थ भन्दा फरक भावनात्मक राजनीति हो। जहाँ न त इतिहासको समीक्षा हुन्छ, न त भविष्यको योजना। जब गणतन्त्रकै प्रयोग गरेर गणतन्त्रमाथि प्रहार गर्न भ्रष्ट , अबसरबाद र अपराधिक पृष्ट्भुमिका ब्यक्तिहरु लागिपरेका छन , र गणतत्र माथी खतराको घण्टी बजाउन खोजिरहेछन।

लोकप्रियतावाद तुरुन्तै फक्रने तर चाँडै विग्रिने च्याउ हो। वंशवाद झन् खतरनाक प्रणाली हो जहाँ शक्ति र सत्ता संचालन जन्मले तय हुन्छ, जवाफदेहिता शून्य हुन्छ। यी दुवै शाषण प्रणालिको विकल्प होइनन्।

आज आवश्यकता नयाँ अनुहार होइन, जिम्मेवार चेतना हो। विचारमाथि बहस गरौं, नेतृत्वलाई सुधार गरौं। तर प्रणालीमाथि नै प्रहार गर्ने प्रवृत्तिलाई अन्त्य गरौं। लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो।

अब चेतनाको क्रान्ति आवश्यक छ भीडको होइन, बौद्धिकताको। भावनात्मक नारामात्र होइन, संस्थागत सुधारको।
लोकप्रियता होइन जवाफदेही नेतृत्वको।

“लोकप्रियवाद र वंशवाद : भ्रमका दुई पाटा” भन्ने शीर्षकले राजनीतिमा देखिने दुई महत्वपूर्ण प्रवृत्तिहरू लोकप्रियवाद (populism) र वंशवाद (dynastic politics) यी दुबै प्रवृत्तिले जनतालाई झुकाउने भ्रम छर्ने र लोकप्रियता कमाउने अन्तत सत्तामा पुग्ने खेल हुन ।

१. लोकप्रियवाद (Populism) जनताको नाममा जनताविरोधी चाल

लोकप्रियवादी नेता आफूलाई “जनताको साँचो प्रतिनिधि” का रूपमा प्रस्तुत गर्छन् र प्रायः परम्परागत संस्था वा विरोधी विचारधारालाई “जनविरोधी” भनी चित्रित गर्छन्।
जनताको भावनालाई उचालेर सत्ता लिने गर्छन्
जटिल समस्याको सरल समाधान दिने झूटो आश्वासन।

आलोचना वा प्रतिपक्षलाई दुश्मन ठान्ने प्रवृत्ति।
लोकप्रियवाद प्रारम्भमा जनताका आवाज जस्ता लागे पनि, दीर्घकालीन रूपमा संस्थागत प्रजातन्त्रलाई कमजोर बनाउन सक्छ।

२. वंशवाद (Dynastic Politics) नेतृत्वको उत्तराधिकारको नाममा बन्दी बनाइएको राजनीति

वंशवादमा नेतृत्व र सत्ता कुशलता, सिद्धान्त वा जनताको चाहना अनुसार होइन, परिवार वा नातागोता अनुसार हस्तान्तरण गरिन्छ।

यस्तो प्रवृत्तिले राजनीतिक क्षेत्रलाई सामान्य नागरिकका लागि कठिन बनाउँछ।

३. भ्रमका दुई पाटा

यी दुवै प्रवृत्ति बाहिरी रूपमा फरक देखिए पनि अन्ततः जनताको सत्ता प्रयोग गर्ने अधिकारलाई सीमित गर्नेतर्फ उन्मुख छन्।

लोकप्रियवादले जनताको मन जिते पनि दीर्घकालमा आलोचना नपचाउने अधिनायकवादतर्फ धकेल्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com