सबैलाई पठाउनु होला

नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोबार बन्द हुने जनाएको छ ।

केन्द्रीय बैंकले मङ्गलवार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको हो । त्यसपछि कारोबार बन्द हुने सूचनामा उल्लेख छ ।

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आउँदो असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ ।

त्यस अवधिभन्दा अघि नै सटहीका लागि समयसीमा तोकिएको हो । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुन सक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com