उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाअन्तर्गत मदन भण्डारी सडक खण्डबाट प्रहरीले ७५० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता केदारमान दोङका अनुसार को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो । गाँजासहित जिप चालक बेलटार नगरपालिका–६ का रवीन राई र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

