सबैलाई पठाउनु होला

काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित परिषद्को कार्यालयमा बसेको बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था केन्द्रित विषयमा छलफल भइरहेको छ।

बैठकले निर्वाचनको समयमा नेपाली सेनाको परिचालन गर्ने/नगर्ने विषयमा निर्णय लिने बताइएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा तयारीका विविध पक्षमा छलफल भइरहेको स्रोतले जनाएको छ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ भने गृहमन्त्री परिषद्का सदस्यका रूपमा सहभागी हुन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com