सबैलाई पठाउनु होला

 आजको राशिफल

मेष

आज धनलक्ष्मी योग परेको छ । सदुपयोग गर्नुहोला । व्यापारमा सोचेको भन्दा फरक अवस्था सिर्जना हुनसक्ने भएकाले लगानी गर्दा सहकार्य गर्नु उपयुक्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । निजी क्षेत्रको शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

 वृष

तपाईंको बोलीले महत्त्वपूर्ण काम बन्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ । साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

 मिथुन

स्वदेशको लगानीबाट फाइदा हुनेछ । लगानीबाट उत्साह मिल्दा मन शान्त बन्नेछ । रोगले सताउने सम्भावना छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा कमाउने योग छ ।

 कर्कट

परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ । घुमघाम तय हुनेछ । स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ । साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ । राज्यको निगरानीमा रहेकाले काम गर्दा सचेत रहनुहोला ।

 सिंह

दिन राम्रो छ । लगानीका क्षेत्रबाट नाफा हुनेछ । विदेशको रमझमले मन आकर्षित गर्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । बलभन्दा बुद्धिले गरेको कामले भविष्य सुन्दर बन्नेछ ।

 कन्या

आज नयाँ काममा हात नहाल्नु उपयुक्त हुन्छ । सोचेका काम नबन्दा निराशा बढ्न सक्छ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

 तुला

दैनिक काम सहजै बन्नेछन् । खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउन सक्छ । दाजुभाइसँगको सहकार्यबाट नाम र दाम दुवै प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति गर्न अझ मेहनत आवश्यक देखिन्छ ।

 वृश्चिक

आम्दानीका दृष्टिले दिन सहज छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । शिक्षामा गरेको लगानीबाट मन सन्तुष्ट बन्नेछ ।

 धनु

साथीभाइसँग सहकार्य हुनेछ । पुराना साथीसँगको भेटले खुशी मिल्नेछ । माथिल्लो निकायबाट साथ र सहयोग प्राप्त हुनेछ । विपक्षीका कुरामा अलमल नगर्नु उचित हुनेछ । परिवारको साथ र प्रेम सम्बन्ध दुवै सुमधुर बन्ने योग छ ।

मकर

मन अशान्त बन्नेछ । सानो कुराले खटपटी बढ्न सक्छ । अनुत्पादक क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । खर्च कटौती गर्नुपर्ने समय आएको छ । सहकर्मीसँग सल्लाह लिएर अगाडि बढ्दा दैनिकी सहज बन्नेछ ।

 कुम्भ

बौद्धिक व्यक्तिसँग भेट हुनेछ । राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ । प्रतिकूल अवस्था भएकाले धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ । संकटको समयमा साथीको साथ प्राप्त हुनेछ ।

 मीन

मन अशान्त बन्नसक्छ । शिक्षामा मेहनतको खाँचो देखिन्छ । परिवारको साथ र सहयोग लिएमा दिन सहज बन्नेछ । स्वदेशभन्दा विदेशमा गरेको लगानीबाट नाफा हुने योग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com