सबैलाई पठाउनु होला

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन तथा अनुगमन गर्न अनुगमन अधिकृतहरू तोकेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई सशक्त बनाउन सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृतको जिम्मेवारी दिइएको हो। सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषयको अनुगमनको जिम्मेवारी तोकिएको आयोगले जनाएको छ।

त्यसैगरी आर्थिक विषयसँग सम्बन्धित आचारसंहिता अनुगमनका लागि प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकहरूलाई फरक–फरक जिम्मेवारीसहित अनुगमन अधिकृत तोकिएको आयोगले जानकारी दिएको छ।

आगामी प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि तय गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको हो। उक्त आचारसंहिता माघ ४ गतेदेखि लागू भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com