गुनासो चौतारी
आजको राशिफल
मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ। प्रतिद्वन्द्वीलाई सजिलै परास्त गर्न सकिनेछ। साँझतिर उद्योग–व्यापारमा विशेष लाभ हुनेछ।
वृष
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सफलताले हिम्मत बढाउनेछ। दिगो फाइदा हुने काम सुरु हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। मान–सम्मान प्राप्त हुनेछ। साँझतिर अनावश्यक खर्च र विवादास्पद जिम्मेवारी आउन सक्छ।
मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
खर्चिला कामले अर्थ अभाव हुन सक्छ। अवसरका लागि कडा मिहिनेत आवश्यक छ। साँझतिर पारिवारिक भेटघाट र स्वादिष्ट भोजनको योग छ। स्वास्थ्य कमजोर रहन सक्छ।
कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आय स्रोत राम्रो रहनेछ। व्यापारमा फड्को मार्ने समय हो। श्रमको उचित मूल्य पाइनेछ। साँझतिर अरूका लागि खर्च बढ्न सक्छ र काम रोकिन सक्छ।
सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा राम्रो उपलब्धि मिल्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ। साँझतिर प्रतीक्षित लाभ प्राप्त हुने संकेत छ।
कन्या
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक तथा सेवामूलक कामबाट लोकप्रियता बढ्नेछ। शुभचिन्तकहरूको सहयोग मिल्नेछ। साँझदेखि नयाँ अवसर र पेसा–व्यवसायमा राम्रो फाइदा हुनेछ।
तुला
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य कमजोर रहन सक्छ। कामको चाप बढ्नेछ। साँझतिर परिस्थितिमा सुधार आउनेछ र उपलब्धिको स्रोत भेटिनेछ।
वृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रियजनसँग भेटघाट र रमाइलो समय बित्नेछ। व्यापारमा आम्दानी बढ्नेछ। साँझतिर काम बिग्रने चिन्ता हुन सक्छ, स्वास्थ्यमा ध्यान दिनुहोस्।
धनु
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिस्पर्धाबीच पनि अवसर मिल्नेछ। यात्राको योग छ। साँझतिर प्रेम र मित्रताको सम्बन्ध झन् प्रगाढ हुनेछ।
मकर
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काम बन्नेछन्। आर्थिक लाभ र अधिकार स्थापित हुने समय छ। प्रतिस्पर्धीहरू पछाडि पर्नेछन्।
कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
अपेक्षित नतिजा कमजोर देखिन सक्छ। ईर्ष्यालु व्यक्तिबाट सावधान रहनुहोस्। साँझतिर अवस्था सुध्रनेछ र रोकिएका काम बन्नेछन्।
मीन
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामका अवसर प्रशस्त मिल्नेछन्। सेवामूलक कामबाट प्रतिष्ठा बढ्नेछ। साँझतिर घरायसी समस्याले चिन्ता दिन सक्छ।

