गोर्खा क्षेत्र नम्बर २ को राजनीतिक र सामाजिक परिदृश्यमा पछिल्लो समय एक नाम निरन्तर जनताका ओठमा झुण्डिएको छ प्रकाशचन्द्र दवाडी। उनी केवल चुनावी मौसममा देखिने नेता होइनन्, न त भाषण र आश्वासनमै सीमित पात्र होइनन्। दवाडी त्यस्ता नेता हुन्, जो चुनावअघि, चुनावको बेला मात्र होइन, चुनावपछि पनि जनताको घरदैलोमा पुगेर समस्या सुन्ने र समाधान खोज्ने संस्कारबाट स्थापित भइसकेका छन्।
समाजसेवाबाट राजनीतिसम्मको विश्वसनीय यात्रा
प्रकाशचन्द्र दवाडीको परिचय राजनीतिबाट होइन, समाजसेवाबाट सुरु भएको हो। विगतका वर्षहरूमा उनले सर्वहारा, गरिब तथा सीमान्तकृत समुदायका बालबालिकाको पठनपाठनमा विशेष चासो दिए। आर्थिक अभावका कारण विद्यालय छोड्न बाध्य बालबालिकालाई शैक्षिक सामग्री, छात्रवृत्ति र मनोबल प्रदान गर्दै उनले शिक्षा नै दीर्घकालीन परिवर्तनको आधार हो भन्ने कुरा व्यवहारमै प्रमाणित गरे।
उनको समाजसेवा कागजमा सीमित छैन गाउँ, टोल, बस्तीमा देखिने वास्तविक समस्या उजागर गर्ने साहसिक भूमिका उनले निरन्तर निर्वाह गर्दै आएका छन्। नागरिकको घरदैलोमा पुगेर खानेपानी, स्वास्थ्य, सडक, बिजुली, शिक्षा र रोजगारीजस्ता मुद्दा सुन्ने र सरोकारवाला निकायसम्म पुर्याउने काममा उनी सधैं अग्रपंक्तिमा देखिन्छन्।
सामान्य जनतासँग घुलमिल हुने फरक शैली
प्रकाशचन्द्र दवाडीको सबैभन्दा ठूलो शक्ति भनेकै सामान्य जनतासँग घुलमिल हुन सक्ने सरल, विनम्र र सुन्ने क्षमता भएको व्यक्तित्व हो। उनी जनतामाथि भाषण गर्ने नेता होइनन्, जनतासँग बसेर कुरा गर्ने, दुख सुख साट्ने र समाधानको बाटो खोज्ने प्रतिनिधि हुन्। यही कारण उनी अरूभन्दा फरक, जनताको नजिक र विश्वासिलो पात्रका रूपमा स्थापित भएका छन्।
विकास, सुशासन र आर्थिक उन्नतिको स्पष्ट दृष्टिकोण गोर्खा क्षेत्र नम्बर २ को विकास र समृद्धिका लागि दवाडीको दृष्टिकोण स्पष्ट छ। सुशासन: भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता आर्थिक उन्नति: स्थानीय स्रोत र सीपको उपयोग रोजगार सिर्जना: युवालाई आफ्नै गाउँ ठाउँमा अवसरआधारभूत सेवा: स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात र बिजुलीलाई प्राथमिकता यी विषयहरू उनका चुनावी नारा मात्र होइनन्, दीर्घकालीन प्रतिबद्धता हुन्, जसलाई उनले विगतमा निरन्तर उठाउँदै आएका छन्।
कांग्रेसको मत मात्र होइन, समग्र गोर्खाको भरोसा
प्रकाशचन्द्र दवाडी नेपाली कांग्रेसको संगठनात्मक मतबाट मात्र होइन, समग्र गोर्खा क्षेत्र नम्बर २ का जनताबाट निर्विकल्प विजय हासिल गर्न सक्ने क्षमता भएका उम्मेदवारका रूपमा हेरिएका छन्। पार्टीको सीमाभन्दा माथि उठेर सबै वर्ग, समुदाय र विचारधाराका नागरिकलाई समेट्न सक्ने उनको क्षमता नै उनको सबल पक्ष हो।
राजनीति पदको लागि होइन, सेवाको लागि हो भन्ने मान्यता बोकेका प्रकाशचन्द्र दवाडी गोर्खा क्षेत्र नम्बर २ का लागि आशा, भरोसा र सम्भावनाको नाम बनेका छन्। जनताको मुद्दा बोकेर हिँड्ने, जनताकै बीचमा बस्ने र जनताकै पक्षमा उभिने नेता आजको आवश्यकता हो र त्यो आवश्यकता पूरा गर्ने पात्रको रूपमा प्रकाशचन्द्र दवाडी स्वाभाविक छनोट बनेका छन्।
गोर्खा क्षेत्र नम्बर २ को समृद्ध भविष्यका लागि एक भरोसायोग्य नाम: प्रकाशचन्द्र दवाडी।

