सबैलाई पठाउनु होला

राप्रपा अध्यक्ष लिङ्देनद्वारा निर्वाचनलाई गम्भीर रूपमा लिन मतदातालाई आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आगामी निर्वाचनलाई सामान्य आवधिक प्रक्रिया मात्र ठान्न नहुने भन्दै आम मतदातालाई गम्भीरतापूर्वक सहभागिता जनाउन आग्रह गरेका छन्।

काठमाडौंमा आयोजित जिल्लास्तरीय उम्मेदवार परिचय कार्यक्रममा सम्बोधन गर्दै उनले देश हाल गम्भीर राजनीतिक तथा राष्ट्रिय संकटको अवस्थामा रहेको उल्लेख गर्दै निर्वाचनले मुलुकको भविष्य निर्धारण गर्ने बताए।

अध्यक्ष लिङ्देनले राप्रपाले सुरुदेखि नै राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ समझदारी आवश्यक रहेको धारणा राख्दै आएको स्मरण गराए। उनले देशको आवश्यकता अनुसार मौलिक व्यवस्था निर्माण गर्न आफूहरूले चुनावअघि नै सुझाव दिएको तर परिस्थितिले देशलाई निर्वाचनतर्फ धकेलेको दाबी गरे। “प्रजातान्त्रिक पार्टी भएको नाताले हामीले निर्वाचन प्रक्रियालाई उपयोग गर्ने निर्णय गरेका छौं,” उनले भने।

मतदानको महत्व स्पष्ट पार्दै लिङ्देनले भोट दिने निर्णय सामाजिक सञ्जालका प्रभावमा नपरी विवेकपूर्ण ढंगले गर्नुपर्ने बताए। उनले मतको प्रयोगलाई गम्भीर जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिँदै गलत निर्णयले देशलाई दीर्घकालीन असर पार्न सक्ने उल्लेख गरे।

उनले अतिवादतर्फ देश उन्मुख हुनसक्ने चिन्ता व्यक्त गर्दै संसदमा राप्रपा जस्तो स्पष्ट विचार भएको शक्ति कमजोर भए मुलुक थप अस्थिरतामा जान सक्ने बताए। देशलाई द्वन्द्वबाट जोगाउन र स्थायित्व कायम गर्न राप्रपालाई समर्थन आवश्यक रहेको उनको भनाइ थियो।

लिङ्देनले राप्रपाले केवल राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा मात्र नभई विकासका स्पष्ट योजनाहरू पनि अघि सारेको दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com