सबैलाई पठाउनु होला

काठमाडौं — स्याङ्जा, कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

अर्जुनचौपारी गाउँपालिका–१ जिरो, स्याङ्जा जिल्लाबाट डाईजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुलसहित २७ वर्षीय अनिस थापासहित दुई जनालाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले ना.२२ प ८२५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

त्यस्तै बेलौरी नगरपालिका–८ कलकत्ता बजार, कञ्चनपुर जिल्लाबाट खैरो हेरोइनजस्तो देखिने १ ग्राम ३ सय ३० मिलिग्राम पदार्थसहित २० वर्षीय दिपेश रानालाई मंगलबार राति पक्राउ गरिएको छ। प्रहरी चौकी पचुइबाट खटिएको प्रहरीले भारतबाट साइकलमार्फत नेपालतर्फ आउँदै गरेका उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका–२ बैजनाथ टोल, कैलाली जिल्लाबाट खैरो हेरोइनजस्तो देखिने ५० मिलिग्राम पदार्थसहित २९ वर्षीय कनैया चौधरीसहित तीन जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com