सबैलाई पठाउनु होला

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ’ अभियानका संयोजक दुर्गा प्रसाईं ले फागुन १६ भित्र राजपरिवारका सदस्यहरू सडकमा उत्रने तयारीमा रहेको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले राजपरिवार राष्ट्रको रक्षा, धर्मको संरक्षण र सम्पूर्ण नागरिकको हितका लागि अघि बढ्न तयार रहेको उल्लेख गरेका छन्। साथै, उनले देशलाई बाह्य प्रभावबाट जोगाउँदै धर्मसंस्कृतिको संरक्षण गर्न सबै नेपालीलाई एकजुट हुन आग्रह गरेका छन्।

उनको आह्वानमा भनिएको छ कि फागुन १६ भित्र काठमाडौंमा उपस्थित भई राष्ट्र, धर्म र नागरिक सुरक्षाका पक्षमा ऐक्यबद्धता जनाउन सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा छ। “राष्ट्रलाई संकटमा पर्न नदिन, हाम्रो साझा जिम्मेवारीलाई निभाउन अब सबै एकजुट हुने बेला आएको छ,” भन्ने सन्देशसहित उनले तन, मन र वचनले साथ दिन अपिल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com