काठमाडौँ । राजधानीको तारकेश्वर नगरपालिका १० स्थित छन्त्याल चोकमा एक व्यक्तिको डेराबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ।
लम्जुङ घर भई हाल तारकेश्वरमा डेरा गरी बस्दै आएकी लिला परियारको कोठाबाट बुधबार दिउँसो नगदसहित सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।
पीडितका अनुसार कोठाबाट नगद रकमसहित सुनको सिक्री १ थान र सुनको मुन्द्रा १ जोर चोरी भएको हो। चोरी भएको नगद र गरगहनाको अनुमानित बजार मूल्य करिब ५ लाख ५० हजार रुपैयाँ बराबर रहेको बताइएको छ।
परिवारका सदस्यहरू बाहिर गएको मौका छोपी अज्ञात व्यक्तिले कोठामा प्रवेश गरी धनमाल हात पारेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाई आवश्यक प्रमाण संकलन गरेको छ। चोरीमा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

