सबैलाई पठाउनु होला

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज पर्यटकीय नगरी पोखरा मा नेपाली कांग्रेसले भव्य आमसभाको आयोजना गरेको छ।

पोखराको ऐतिहासिक अमरसिंहचौरमा हुने यस आमसभालाई पार्टीका सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्मा ले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नविन सिग्देलले जानकारी दिएका छन्।

प्रदेशका सबै १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार, अग्रज नेता तथा हजारौँ कार्यकर्ताको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

यस आमसभामार्फत बदलिएको कांग्रेसको स्पष्ट विचार, परिमार्जित नीति, नयाँ कार्यशैली र आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश प्रवाह गरिने बताइएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले प्रचारप्रसारलाई तीव्रता दिँदै चुनावी सरगर्मी अझ बढाएका छन्।

पोखराको मैदानमा आज कांग्रेसको शक्ति प्रदर्शनले चुनावी माहोललाई थप तातो बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com