सबैलाई पठाउनु होला

ललितपुर मा चितुवाको आक्रमणबाट एक जना पुरुष घाइते भएका छन्। गएराति करिब साढे ८ बजे गोदावरी नगरपालिका–५ सुनारटोलस्थित गोरेटो बाटोमा हिँडिरहेका बेला ६१ वर्षीय रणबहादुर गर्तौला माथि चितुवाले एक्कासी आक्रमण गरेको हो।

कामबाट घर फर्किंदै गरेका सोलुखुम्बु घर भएका गर्तौलामाथि अचानक जंगली जनावर जाइलाग्दा स्थानीय बासिन्दा तत्काल उद्धारमा जुटेका थिए। घाइतेलाई बचाउने प्रयासका क्रममा आक्रामक चितुवालाई स्थानीयले मारेका थिए।

घटनालगत्तै प्रहरी चौकी लेलेबाट खटिएको टोलीले घाइतेको उद्धार गरी आफन्तको सहयोगमा लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मा पुर्‍याएको छ। हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृत चितुवाबारे आवश्यक प्रक्रिया अघि बढाउन जिल्ला वन कार्यालयसँग समन्वय गरिएको जिल्ला प्रहरी कार्यालय ललितपुर ले जानकारी दिएको छ।

उपत्यकानजिकै बढ्दै गएको वन्यजन्तुको जोखिमले स्थानीय बासिन्दामा त्रास फैलिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com