सबैलाई पठाउनु होला

राजनीतिक नियुक्त राजदूतहरू फिर्ता बोलाइयो

काठमाडौं ,  बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक नियुक्ति पाएर विभिन्न देशमा कार्यरत ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। निर्णयअनुसार सोमबार सम्बन्धित राजदूतहरूलाई लिखित पत्र पठाइसकिएको छ।

सरकारले उनीहरूलाई एक महिनाभित्र स्वदेश फर्कन निर्देशन दिएको जनाएको छ।

फिर्ता बोलाइएका राजदूतहरूमा शंकर शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), सुम्निमा तुलाधर (डेनमार्क), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका) र पूर्णबहादुर नेपाली (श्रीलंका) रहेका छन्।

यसअघि रवि लामिछानेले संसद्‌मार्फत सार्वजनिक रूपमा ती राजदूतहरूलाई राजीनामा दिन अपिल गरेका थिए। सरकारको पछिल्लो निर्णयलाई सोही राजनीतिक दबाबको निरन्तरता रूपमा हेरिएको छ।

सरकारको यो कदमले कूटनीतिक क्षेत्रमा नयाँ बहस सुरु गराएको छ भने आगामी दिनमा नयाँ राजदूत नियुक्ति प्रक्रियाले थप चासो पाउने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com