सबैलाई पठाउनु होला

काठमाडौँ — देशका विभिन्न जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। कैलाली जिल्ला, कपिलवस्तु जिल्ला र ओखलढुङ्गा जिल्ला मा युवती तथा बालिकामाथि करणी गरेको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कैलालीमा २७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा लम्कीचुहा नगरपालिका–८ सोनपुरका ३० वर्षीय कासिम अलि जागालाई मंगलबार राति पक्राउ गरिएको हो। उजुरीपछि इलाका प्रहरी कार्यालय टीकापुर बाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, कपिलवस्तुको शिवराज नगरपालिका–५ ग्यालेक्सी टोलका २५ वर्षीय चन्दन तिवारीलाई १४ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा पक्राउ गरिएको छ। उजुरीपछि वडा प्रहरी कार्यालय चन्द्रौटा बाट खटिएको टोलीले मंगलबार साँझ उनलाई नियन्त्रणमा लिएको हो।

यस्तै, ओखलढुङ्गा जिल्ला मा २० वर्षीया युवतीमाथि करणी गरेको अभियोगमा रौतहटको देवाही गोनाही नगरपालिका–६ घर भएका ४९ वर्षीय चुनचुन साह कानु पक्राउ परेका छन्। उनलाई अस्थायी प्रहरी पोस्ट केतुके बाट खटिएको प्रहरीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तीनैजनामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com