काठमाडौँ । नागरिकता सम्बन्धी कसुर मुद्दामा संलग्न भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ५९ वर्षीय बाबुनन चौधरी कलवार रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले सोमबार कलंकीबाट पक्राउ गरेको हो।
बाबुनन विरुद्ध जिल्ला अदालत गौर, रौतहटले २०८२ भदौ २ गते नागरिकता सम्बन्धी कसुर मुद्दामा पक्राउ अनुमति जारी गरेको थियो। अदालतको आदेशपछि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरीले कलंकी क्षेत्रमा फेला पारी नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चौधरीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको प्रहरीले जनाएको छ।

