सबैलाई पठाउनु होला

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षका एक जनालाई पनि नराखी स्थायी समिति बनाएका छन्।

शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले नेपाल पक्षलाई बाहिर राख्दै नयाँ स्थायी कमिटि बनाएका हुन्।

ओलीले हाललाई १७ जनाको स्थायी कमिटी बनाएर पछि थप सदस्य थप्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

यसअघि एमालेका खनाल-पक्षीय नेताहरु झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, याेगेश भट्टराई, गाेकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्याैपाने सदस्य थिए। तर उनीहरू कसैलाई पनि स्थायी कमिटीमा समेटिएकाे छैन।

माओवादीबाट एमाले प्रवेश गरेकाहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी र मणि थापा एमाले स्थायी कमिटीमा समेटिएका छन्।

यी हुन् स्थायी कमिटी सदस्यहरू

केपी शर्मा ओली, बामदेब गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा ‘बादल’, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरूङ, रघुबीर महाशेठ, किरण गुरूङ, केशब बडाल र पुष्पराज कँडेल।

अब एमालेको स्थायी कमिटीमा अध्यक्ष ओली, उपाध्यक्ष गौतम र महासचिव ईश्वर पोखरेलसहित यी नेताहरू रहने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com