दीपक थापा, काठमाडौं। अहिले नेपाली यूबाहरुको रोजगारको हतियार भनेकै पास्पोर्ट बनेको छ । एउटा यूबा नेपाली भयर जन्मन्छ १८ बर्ष उमेर पुग्छ अनी रोजगारको लागि भौतरिदै हिड्छ । अन्तत रहदानी बिभाग पुग्न बिबस हुनुपर्छ । अनी कथा शुरु हुन्छ ठगिको । नेपालमा काम नपायर कमाउन नसकेर बिदेश जानको लागि नभै नहुने एउटा हतिया हो पास्पोर्ट त्यही पास्पोर्ट किन्न पर्छ नेपाल सरकार सँग गरीबका छोराहरुले । आफ्नो देशमा रोजगार नपाउनुको पिडा एकातिर हुन्छ । अनी खाडी मुलुकमा काम खोज्न शुरुमा १०००० (दश हजारमा ) पास्पोर्ट किन्न पर्छ । पास्पोर्ट बनाउन शुरुहुँदा देखी नै शुरुहुन्छ एउटा यूबा ठगिन । एजेन्ट, मेडिकल, मेनपावर हुँदै ठगिन सम्मा ठगिन्छ र खाडी पुग्छ । त्यहा पुगे पछी पनि ठगिनै पर्छ । नेपालमा गरेको सम्झौता अनुसार कुनै पनि कुरा पुरा हुँदैन । धन्दै ८०% नेपालीहरुको पिडा यस्तै हुन्छ । के नेपाली भयर जन्मनुको खुशी एउटा नागरिकता र पास्पोर्ट पाउनु मात्र हो ? यही बिभिन्न करण नेपाल बिकास हुँदैन । बिदेशी कम्पनीहरुले छानी छानी योग्ग्य कामदार लान्छ । कम्तीमा ४० लाख भन्दा माथि नेपालीहरु खाडी लगायत अन्य मुलुक रोजगारको लागि गएका छन् ।६० लाख भन्दा बढि नेपालमै बेरोजगार छन् ।अनि देशमा सम्बृद्ध नेपालको कुरा गर्छन् । जब सम्म नेपालीले नेपालमै रोजगार पाउँदैन त्यति बेला सम्म नेपालमा आर्थिक विकास हुँदैन ।
अहिले कतार पुलिस, दुबई पुलिस, बराहिन पुलिस, र राम्रो डिमाडको नाममा खाडी जानलाई ८ देखि १२ लाख सम्म उठाएर ठगी भएको कुरा ले बजार तातेको छ ।यसको साथ साथै साधारण डिमान्ड मा पनि राम्रै पैसा उठाउने दलालहरुको संख्या बढ्दो छ ।
कतिपय विदेशमा राम्रो कामको आश्वासन देखाएर पासपोर्ट र पैसा उठाएर फरार व्यक्तिहरूलाई थुप्रै छन्

