सबैलाई पठाउनु होला

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा वैशाख १६ गतेदेखि कोरोना वार्डमा बेडको प्रतीक्षामा रहेका एक जना संक्रमितको शुक्रबार बिहान ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–११ का ८२ वर्षीय पुरुषको बिहान ९ः२८ बजेको समयमा ज्यान गएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जनाएका छन् । उनलाई  बेड खाली नभए पछि इमर्जेन्सी वार्डमा अक्सिजन दिएर राखिएको थियो ।

गत हप्ता देवदह नगरपालिकाका एक जना वडाअध्यक्षकी श्रीमतीको पनि बेड नपाएरै फिभर क्लिनिकमा ज्यान गएको थियो । भैरहवाको भीम अस्पताल र प्रादेशिक अस्पताल दुवैमा कोरोना विशेष बेड प्याक भएको जनाइएको छ ।

उता गुल्मीमा जिल्ला अस्पतालमा जम्मा ५ बेड मात्रै रहेको जनाइएको छ । बिहीबार साँझसम्म १६५ जना संक्रमित थपिएका छन् । केही प्रादेशिक अस्पताल र अरु सबै होम आइसोलेशनमा रहेको स्वास्थ कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com