सबैलाई पठाउनु होला

कर्णाली प्रदेश कोभिड अस्पतालमा पछिल्लो २४ घण्टामा छ जनाको मृत्यु भएको छ। कोरोना फोकलपर्सन डा. केएन पौडेलका अनुसार पञ्चपुरी नगरपालिका– ५ का ६० वर्षीय पुरुष, नरहरिनाथ गाउँपालिका कालिकोटका ७३ वर्षीय पुरुष, लेकवेशी नगरपालिका–१ सुर्खेतका ५३ वर्षीय पुरुष र वीरेन्द्रनगर–८ का ६३ वर्षीय पुरुषको बिहिवार मृत्यु भएको हो।

ति मध्ये कालिकोटका ७३ वर्षीय पुरुषलाई अस्पताल पुर्‍याउने क्रममा मृत्यु भएको थियो। यस्तै वीरेन्द्रनगर–११ का ५० वर्षीय पुरुष वीरेन्द्रनगर–३ का ४१ वर्षीय पुरुषको शुक्रबार विहान मृत्यु भएको छ।

‘पछिल्लो २४ घण्टामा कोरोना अस्पतालमा उपचार भइरहेका र आएका छ जनाको मृत्यु भएको छ,’ कोरोना फोकलपर्सन डा. पौडेलले भन्नुभयो, ‘अस्पतालमा विरामीको चाप अत्याधिक हुँदा उपचारका लागि समस्या भइरहेको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com