सबैलाई पठाउनु होला

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ। मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो।

काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहानदेखि निषेधाज्ञा लागू गरिएको थियो। एक साताका लागि जारी गरेको निषेधाज्ञा २२ गते, बुधबार सकिँदैछ। प्रमुख जिल्ला अधिकारीहरूको बैठकले दैनिक उपभोग्य वस्तुका पसल खोल्ने समय पनि अब बिहान ७ देखि ९ बजेसम्मलाई सीमित गरेको छ।

यसअघि बेलुका २ घण्टा पनि पसल खोल्न दिने गरिएको थियो। निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com